काठमाडौं । प्रभु बैंकका डेपुटी सिइओ पक्राउबारे बैंकर्स संघले गृहमन्त्रालय र सिआइबीसँग छलफल गर्ने भएको छ ।
हिजो प्रभु बैंकका सिनियर नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित १० जना पक्राउ परेपछि नेपाल बैंकर्स एसोसिएसन (एनबिए) ले बुधबार आकस्मिक बैठक बोलाएको थियो । न्यून धितोमा अधिकतम कर्जा प्रवाह गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्कालीन सेन्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका मनोज न्यौपानेलाई नियन्त्रणमा लिएको थियो ।
सीआईबीले न्यौपानेसँगै पूर्वप्रमुख कार्यकारी अधिकृत तुलसी गौतम लगायत अन्य आठलाई पनि सात दिन हिरासतमा राख्न अनुमति लिएर अनुसन्धान गरिरहेको छ । देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रविन्द्र चौलागाईंलाई कर्जा प्रवाह गर्दा धितोले खाम्ने भन्दा अत्यधिक ऋण दिएको भन्दै उनीहरु अनुसन्धानको दायरामा तानिएका हुन् ।
प्रभु बैंकका डेपुटी सिइओ पक्राउ प्रकरण : बैंकर्स संघले गृहमन्त्रालय र सिआइबीसँग छलफल गर्ने
प्रभु बैंकका डेपुटी सिइओ पक्राउबारे बैंकर्स संघले गृहमन्त्रालय र सिआइबीसँग छलफल गर्ने भएको छ ।

