बिजुलीको पोल ढलेर लाग्दा वडा सदस्यको मृत्यु

मकवानपुरमा बिजुलीको पोल ढलेर लाग्दा बकैया गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य रामकुमार तितुङको ज्यान गएको छ ।

बिजुलीको पोल ढलेर लाग्दा वडा सदस्यको मृत्यु
मकवानपुर । मकवानपुरमा बिजुलीको पोल ढलेर लाग्दा बकैया गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य रामकुमार तितुङको ज्यान गएको छ । हिजो दिउँसो आफ्नै घर अगाडि हिँडिरहेका बेला बिजुलीको पोल ढलेर लाग्दा उहाँ गम्भीर घाइते भएका थिए । उनलाई हेटौँडामा उपचार हुन नसकी भरतपुर लगिएको थियो । चिवतन मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान उनको ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ ।