घट्यो सुनको मूल्य

कारोबार हुने साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ।

घट्यो सुनको मूल्य
काठमाडौं । कारोबार हुने साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ। मंगलबारको तुलनामा बुधबार सुनको मूल्य १ सय रुपैयाँ घट्दा चाँदीमा पाँच रुपैयाँ कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अुनसार बुधबार छापावाल सुन तोलाको १ लाख १८ हजार २ सय रुपैयाँ कायम भएको छ। तेजाबी सुनको मूल्य तोलाको १ लाख १७ हजार ६५० रुपैयाँ कायम हुँदा चाँदी मंगलबार भन्दा पाँच रुपैयाँ सस्तोमा कारोबार हुनेछ। महासंघका अनुसार चाँदी बुधबार तोलाको १ लाख ३७५ रुपैयाँ कायम भएको छ।