बागलुङ । बागलुङको निसीखोला गाउँपालिका २ बाट ६७ केजी गाँजा र ११ किलो चरेसहित तीन जना पक्राउ परेका छन् ।
बुधबार जुग्जाखोला प्रहरी चौकीबाट खटिएको टोलीले गाँजा र चरेससहित निसीखोला गाउँपालिका-६ का ३८ वर्षीय खडक घर्तीमगर, रुपन्देही बुटवलका ३९ वर्षीय नगेन्द्र पुन र सवारी चालक बडिगाड गाउँपालिका-८ का प्रेम बोहोरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिए ।
उनका अनुसार बडिगाड गाउँपालिका ८ रणसिंहकिटेनी हुँदै निसीखोला गाउँपालिका-२ तर्फ गइरहेको अवस्थामा बिशेष सुराकीको आधारमा प्रहरीले ध१ च १२६१ नम्बरको पिअकप जिपसहित तीन जनालाई पक्राउ गरी बागलुङ ल्याइएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । -फाइल तस्बिर
६७ किलो गाँजा र ११ किलो चरेससहित निसीखोलाबाट तीन जना पक्राउ
उनका अनुसार बडिगाड गाउँपालिका ८ रणसिंहकिटेनी हुँदै निसीखोला गाउँपालिका-२ तर्फ गइरहेको अवस्थामा बिशेष सुराकीको आधारमा प्रहरीले ध१ च १२६१ नम्बरको पिअकप जिपसहित तीन जनालाई पक्राउ गरी बागलुङ ल्याइएको छ ।