काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठककले विभिन्न १७ वटा निर्णय गरेको छ। निर्णयलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले मङ्गलबार सार्वजनिक गरेकी छन् । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन उनले सोमबारको मन्त्रिपरिषद् बैठकका ती निर्णय सार्वजनिक गरेकी हुन्।
सरकारले गृहमन्त्रालयको प्रस्तावमा रसियामा आगामी चैत ४ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई अनुगमन जान स्वीकृति दिएको छ। त्यसैगरी नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार पदमा डा. सतिसकुमार देवलाई नियुक्त गर्ने निर्णय पनि सरकारले गरेको छ।

