काठमाडौं ।प्रभु बैंकका डेपुटी सिइओसहित ९ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । बैंक डेपुटी सिइओ मनोज न्यौपाने, सेन्चुरी बैंकका पूर्वसिइओ तुलसीराम गौतमसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले उनीहरूलाई बैकिङ्ग कसुरमा पक्राउ गरेको छ। नेपाल राष्ट्र बैंकको आग्रहमा केही समयदेखि सिआइबीले यस विषयमा अनुसन्धान अघि बढाएको थियो।
एआइजी किरण बज्रचार्यले मंगलबार ९ जनालाई पक्राउ गरिएको जानकारी दिइन् । काठमाडौंका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरिएको हो। सेञ्चुरी कमर्सियल बैंकमा रहँदा प्रवाह भएको ऋण अनियमितता गरेको आरोप उनीहरूमाथि छ।
प्रभु बैंकका डेपुटी सीईओसहित ९ जना पक्राउ, ऋण प्रवाहमा दुरुपयोग गरेको आरोप
गत पुसमा प्रभुले सेन्चुरीलाई १ः१ को स्वाप अनुपात प्राप्ति गरेको हो । सेन्चुरी बैंक रहँदा भएको घटनामा उनीहरूलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान (ब्युरो) सीआईबीले जनाएको छ ।

