निसीखोलामा भोलि सार्वजनिक बिदा

उनका अनुसार फागुन १४ गते बसेको कार्यापालिका बैठकले फागुन १५ गते पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो । निसीखोला गाउँपालिकाभित्र ३२ प्रतिशत मगर जातिकाे बसाेबास रहेकाे छ ।

निसीखोलामा भोलि सार्वजनिक बिदा
बागलुङ । बागलुङको निसीखोला गाउँपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ । फागुन १५ गते मगर दिवसको अवसरमा गाउँपालिकाभित्र सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत दिलिप चन्दले जानकारी दिए । उनका अनुसार फागुन १४ गते बसेको कार्यापालिका बैठकले फागुन १५ गते पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो । निसीखोला गाउँपालिकाभित्र ३२ प्रतिशत मगर जातिकाे बसाेबास रहेकाे छ ।