संसद् परिसरको सुरक्षामा लापरबाही: गृहमन्त्रीद्वारा उच्च सुरक्षा अधिकारीहरूसँग सोधपुछ

उनीहरुलाई मन्त्री श्रेष्ठले गम्भीर कमजोरी भएको भन्दै प्रश्न गरिरहेको स्रोतले जनाएको छ । यो घटनाबारे छानबिन गर्ने प्रहरी प्रधान कार्यालयले तीन सदस्यीय छानबिन समिति बनाइसकेको छ ।

संसद् परिसरको सुरक्षामा लापरबाही: गृहमन्त्रीद्वारा उच्च सुरक्षा अधिकारीहरूसँग सोधपुछ
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद् परिसरमा बाहिरबाट आन्दोलनकारीहरु प्रवेश गरेर प्रदर्शन गरेको घटनाबारे सबै सुरक्षा निकायका प्रमुख र गृहमन्त्रालयका उच्च अधिकारीहरूसँग सोधपुछ गरेका छन् । उनले काठमाडौंका सबै सुरक्षा प्रमुखसहितलाई मन्त्रालयमा बोलाएका छन् नेपाल प्रहरीका महानरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, काठमाडौं जिल्ला प्रहरी प्रमुख, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतका अधिकारीहरू बैठकमा छन् । उनीहरुलाई मन्त्री श्रेष्ठले गम्भीर कमजोरी भएको भन्दै प्रश्न गरिरहेको स्रोतले जनाएको छ । यो घटनाबारे छानबिन गर्ने प्रहरी प्रधान कार्यालयले तीन सदस्यीय छानबिन समिति बनाइसकेको छ ।