वर्षमान पुनको स्वाथ्यमा सुधार, आज स्वदेश फर्किँदै

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्यमा सुधार भएसँगै आज स्वदेश फर्किने भएका छन्।

वर्षमान पुनको स्वाथ्यमा सुधार, आज स्वदेश फर्किँदै
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्यमा सुधार भएसँगै आज स्वदेश फर्किने भएका छन्। नेता पुन आज नेपाल फर्किन लागेको उनको सचिवालयले जानकारी दिएको छ। उनी चाइना साउथर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै आज दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने छन् । वंशाणुगत जण्डिसबाट पीडित नेता पुन चुनावी धपेडीले रोग बल्झिएपछि उपचारका लागि चीन गएका थिए। सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उनको उपचार गरिएको हो।