एमालेको अवरोधपछि संसद बैठक स्थगित

सभामुख देवराज घिमिरेले बैठक सञ्चालनका लागि सहयोग गरिदिन आग्रह गरेका थिए। सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको बताएका छन्।

एमालेको अवरोधपछि संसद बैठक स्थगित
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधपछि प्रतिनिधि सभाको सोमबारको बैठक स्थगित भएको छ। एमालेका सांसदहरूले विवादित मन्त्रीहरूले पदबाट राजीनामा दिनुपर्ने नभए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीहरूलाई बर्खास्त गर्नुपर्ने माग गरेका थिए। सभामुख देवराज घिमिरेले बैठक सञ्चालनका लागि सहयोग गरिदिन आग्रह गरेका थिए। सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको बताएका छन्।