सुनको मूल्य घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन १ लाख १८ हजार ३ सय, तेजाबी सुन १ लाख १७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ।

सुनको मूल्य घट्यो
काठमाडौं । सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ। आइतबार ५ सय रुपैयाँले बढेको सुन सोमबार भने घटेर १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन १ लाख १८ हजार ३ सय, तेजाबी सुन १ लाख १७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ। त्यस्तै चाँदीको मूल्य पनि थोरै सस्तो भएको छ। आइतबार १ हजार ४ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँ घटेर कारोबार भइरहेको छ।