देविस्थान । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसीएल नेपाल, निसीखोला गाउँ कमिटी र प्रभु बैंक शाखा कार्यालय निसीखोलाबीच ३ बुँदे सहमति भएको छ । आइतबार निसीखोलामा भएको छलफलपछि ३ बुँदे सहमति भएको वाईसीएल निसीखोलाले जनाएको छ ।
छलफलमा प्रभु बैंक गण्डकी प्रदेशका सिपिओ राजु रानामगर, वाइसीएल निसीखोलाका अध्यक्ष कमल थापा मगर, शाखा प्रबन्धक ठाकुर प्रसाद पौडेललगायत सहभागी थिए ।
छलफलपछि गाउँपालिकाको कार्यालय नजिकै एक्सटेन्सन काउन्टर सञ्चालन गरी सेवा सञ्चालन प्रदान गर्ने, उपभोक्ता समितिको खाता सञ्चालनमा सहजता प्रदान गर्ने र तत्काल पालिकाभित्र एटिएम जडान गर्ने विषयमा सहमति भएको वाइसीएल निसीखोलाका सचिव टिकाबहादुर रानाले जानकारी दिए ।
'प्रभु बैंकका प्रतिनिधिसँग आज छलफल भएको छ,' सचिव रानाले भने, 'हामीले राखेका मागहरूमा उहाँहरूले सहमति जनाउनुभएको छ ।'
सेवाग्राहीलाई सहज सेवा सुविधा नदिएको भन्दै वाइसीएल निसीखोला गाउँकमिटीले फागुन ८ गते शाखा प्रबन्धकलाई ज्ञापनपत्र बुझाएको थियो ।
वाईसीएल निसीखोला र प्रभु बैंकबीच ३ बुँदे सहमति
छलफलमा प्रभु बैंक गण्डकी प्रदेशका सिपिओ राजु रानामगर, वाइसीएल निसीखोलाका अध्यक्ष कमल थापा मगर, शाखा प्रबन्धक ठाकुर प्रसाद पौडेललगायत सहभागी थिए ।

