नेपालविरुद्ध नेदरल्यान्डले बलिङ गर्दै

जारी लिगमा ३ खेल खेलेका नेदरल्यान्ड र नेपालले एक खेलमा जित र २ खेलमा हार बेहोरेका छन् । पहिलो खेलमा नेदरल्यान्ड नेपालसंग पराजित भएको थियो ।

नेपालविरुद्ध नेदरल्यान्डले बलिङ गर्दै
काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गत अन्तिम खेलमा नेपालले नेदरल्याण्डविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा टस जितेर नेपालविरुद्ध नेदरल्यान्डले पहिला बलिङ गर्ने निर्णय लिएको हो । जारी लिगमा ३ खेल खेलेका नेदरल्यान्ड र नेपालले एक खेलमा जित र २ खेलमा हार बेहोरेका छन् । पहिलो खेलमा नेदरल्यान्ड नेपालसंग पराजित भएको थियो ।