मार्बल बोकेको लहरी घरमा पल्टियो, एकै परिवारका दुईसहित तीन जनाको मृत्यु

मोरङको बुढीगंगा गाउँपालिका-४ प्रगति टोलमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये एकै परिवारका दुई जना रहेको प्रहरीले जनाएको छ ।

मार्बल बोकेको लहरी घरमा पल्टियो, एकै परिवारका दुईसहित तीन जनाको मृत्यु
मोरङ । मोरङको बुढीगंगा गाउँपालिका-४ प्रगति टोलमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये एकै परिवारका दुई जना रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा बुढीगंगा गाउँपालिका-४ का इसिता अधिकारी, निशान्त अधिकारी र रिहा खवासको मृत्यु भएको हो । अधिकारीद्वय दिदीभाइ हुन् । उनीहरूको शव भने निकाल्न नसकिएको मोरङ प्रहरीका प्रवक्ता डीएसी रन्जनकुमार दाहालले जानकारी दिए । घटनास्थलबाट ढुंगा पन्छाएर शव निकाल्ने प्रयास गरिरहेको उनले बताए । उनीहरू सुतेको बेला सामान बोकेको ट्रक दुर्घटना भएर घरमा पल्टिएको थियो । दुर्घटनामा ज्योती अधिकारी र सन्जु खवास घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । आज बिहान ७ बजे कच्चा पर्दाथ बोकेर उद्योगतर्फ जाँदै गरेको लहरी बुढीगंगा(४ प्रगति टोलमा दुर्घटना भएको थियो । दुर्घटना भएर लहरी ज्योतीको घरमा पल्टिएको प्रहरीले जनाएको छ । भारतीय आर जे २९ जीबी १५६१ नम्बरको लहरी गाडी दुर्घटना भएको थियो ।