माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि

बिहीवारबाट जारी सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि
काठमाडौं । बिहीवारबाट जारी सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । आज माओवादी विशेष रुपान्तरण अभियानमा उत्कृष्ट काम गरेर खटिनेहरुलाई सम्मान र काममा नजानेहरुलाई कारबाही गर्ने कार्यक्रम छ । उत्कृष्ट र काम नगर्ने तीन/तीन जनाको नाम सार्वजनिक हुनेछ । साथै पार्टी अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीतिका बारेमा नेताहरुले उठाएको धारणाको जवाफ दिने कार्यक्रम रहेको पार्टी प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बताए ।