काठमाडौंमा छिटपुट वर्षा

काठमाडौं उपत्यकामा छिटपुट वर्षा भएको छ ।

काठमाडौंमा छिटपुट वर्षा
काठमाडौं । काठमाडौं उपत्यकामा छिटपुट वर्षा भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा अहिले मध्यान्न छिटपुट वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बागमती, कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भू–भागको थोरै स्थानहरूमा तथा देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन ् चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको बताएको छ । उपत्यका आसपासका स्टेसनमा कति पानी पर्यो भनेर रेकर्ड त भइसकेको छैन । तर पानी परेको सूचना प्राप्त गरेका छौँ,’ मौसमविद्हरूले भनेका छन् । पहाडी भूभागमा बदली, उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना छ ।