काठमाडौं । एकदिवसीय सिरिजको निर्णायक खेलमा नेपाल ‘ए’ ले क्यानडा-११ लाई १८२ रनको लक्ष्य दिएको छ। मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको नेपाल ४७ ओभरमा १८१ रनमा समेटिएको हो।
नेपालका लागि अशुन्तोष घिरैयाले सर्वाधिक २८ रन बनाए । त्यसैगरी अर्जुन कुमारले २७ रन, कप्तान सन्दीप जोराले २४ रन, बसिर अहमदले २५ रन, सुजन थपलियाले २० रन, रसिद खान र प्रतिश जिसीले १९/१९ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन्।
क्यानडाका लागि हर्ष ठाकर, डिलोन हेलिगर र निकोलस किर्तोनले २र२ विकेट, कलिम साना र साद बिन जफरले १र१ विकेट लिए ।
क्यानडाले केहि समयपश्चात जवाफी ब्याटिङ गर्दैछ।
नेपाल ‘ए’ ले क्यानडा-११ लाई दियो १८२ रनको लक्ष्य
एकदिवसीय सिरिजको निर्णायक खेलमा नेपाल ‘ए’ ले क्यानडा-११ लाई १८२ रनको लक्ष्य दिएको छ।

