काठमाडौं । नेकपा माओवादी केन्द्रले आज स्थायी कमिटीको बैठक बोलाएको छ । बैठक बिहान ११ बजे पार्टी कार्यालय कोटश्वर पेरिसडाँडामा बस्ने माओवादीले जनाएको छ । पदाधिकारीको जिम्मेवारी हेरफेर र प्रदेश इन्चार्ज तोक्ने लगायतका एजेण्डा बैठकको कार्यसूचीमा रहेको प्रवक्ता अग्नि सापकोटाले बताए ।
त्यस्तै बैठकमा परिमार्जित विधान अनुमोदन गर्ने, चैत–वैशाखमा हुने अभियानको कार्यक्रम र कमाण्डर तोक्ने लगायतका विषयमा छलफल हुने सापकोटाको भनाइ छ । बैठकमा समसामयिक राजनीति र गठबन्धनको समीक्षालगायतका विषयमा पनि छलफलको तयारी गरिएको छ ।
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
नेकपा माओवादी केन्द्रले आज स्थायी कमिटीको बैठक बोलाएको छ ।

