वीरगञ्ज । बाघले गुडिरहेको मोटरसाइकलमाथि आक्रमण गर्दा मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन्। ना ३६ प ५०११ नम्बरको मोटरसाइकल चालक रौतहट, बौधिमाई नगरपालिका-३ बस्ने ३० बर्षको कृष्ण साह र पछाडी बसेका सोही स्थानका ३५ बर्षको राजु साह घाइते भएका हुन्।
बाराको जीतपुर सिमराउप-महानगरपालिक-१६ भद्रकालीस्थित पूर्व-पश्चिम लोकमार्ग-जंगलमा पथलैयाबाट रौटहटतर्फ जाँदै गरेको मोटरसाइकलमाथि बाघले आक्रमण गरेको थियो।
बाघले आक्रमण गर्दा मोटरसाइकलमा सवार दुबै जना खसेर घाइते भएका हुन्। बाघले राजुलाई लछरेकोले उनको हातमा चोट लाग्नुका साथै टाउकोम समेत चोट लागेको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।
घाइते दुबै जनाको सामुदायिक अस्पताल निजगढ, बारामा उपचार भइरहेको छ। साथै उक्त एरियामा सुरक्षा सतर्कता अपनाइ आवतजावत गर्न सर्वसाधारणहरूलाई न्यौपानेलेसमेत अनुरोध गरेका छन्।
बारामा गुडिरहेको मोटरसाइकलबाटै बाघले लछारेपछि...
बाघले गुडिरहेको मोटरसाइकलमाथि आक्रमण गर्दा मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन्।

