गुल्मीमा २१ वर्षीय युवाको शव फेला

गुल्मीमा २१ वर्षीय युवाको शव फेला परेको छ। जिल्लाको इस्मा गाउँपालिका-६ अम्मरपुरका टीकाबहादुर कुमालको मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

गुल्मीमा २१ वर्षीय युवाको शव फेला
गुल्मी । गुल्मीमा २१ वर्षीय युवाको शव फेला परेको छ। जिल्लाको इस्मा गाउँपालिका-६ अम्मरपुरका टीकाबहादुर कुमालको मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। गत माघ २५ गतेदेखि सम्पर्कविहीन भएका कुमालको बुधबार बिहान शव भेटिएको हो। उनको शव इस्मा गाउँपालिका वडा नम्बर -६ बुल्म भिरको थाप्लोमा रुखमा अड्किएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाले जानकारी दिए। स्थानीयले यात्राको क्रममा सडकमा चप्पल देखेपछि प्रहरीलाई खबर गरेका थिए। कुमालको शव सडकदेखि १ सय ५० मिटर तल खसेको थियो। घर परिवारले फागुन १ खोजतलासी गरिदिन आग्रह गर्दै धनार्जी प्रहरी चौकीमा उजुरी दिएका थिए। शवलाई पोष्टमार्टम गर्नका लागि गुल्मी अस्पताल ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।