वाईसीएल निसीखोलाले प्रभु बैंकका शाखा प्रबन्धकलाई बुझायो ज्ञापनपत्र

'हामीले ज्ञापनपत्र बुझाएपछि उहाँले समाधान गर्ने आश्वासन दिनुभएको छ,' उनले भने, 'यदी जनताले दुःख दिने काम भयो भने हामीले थप कदम चाल्छौं ।'

वाईसीएल निसीखोलाले प्रभु बैंकका शाखा प्रबन्धकलाई बुझायो ज्ञापनपत्र
देविस्थान । नेपाल कम्युुनिष्ट पार्टी (माओवादी केन्द्र) निकट वाईसीएल नेपाल, निसीखोला गाउँ कमिटीले प्रभु बैंकलाई ज्ञापन पत्र बुझाएको छ । मंगलबार प्रभु बैंक शाखा कार्यालय निसीखोलामा पुगेर वाईसीएल नेपाल निसीखोलाले शाखा प्रबन्धक ठाकुरप्रसाद पौडेललाई ज्ञापनपत्र बुझाएको हो । 'आम निसीखोलावासीलाई दिने सेवाहरूमा लापरबाही गरेको, उपभोक्ता तथा सामूहिक खाता सञ्चालनमा अनावश्यक दुःख दिने काम गरेको भन्दै तत्काल सच्चाउन बैंकका शाखा प्रबन्धकलाई ज्ञापनपत्र बुझाएको वाईसीएल गाउँ कमिटीका अध्यक्ष कमल थापा मगरले जानकारी दिए । 'सेवाग्राहीलाई सहजता प्रदान नगरेको गुनासो आएपछि हामीले ज्ञापनपत्र बुझाएका छौं' अध्यक्ष थापाले भने । सेवाग्राहीको सहजताका लागि ७ दिनभित्र गाउँपालिकाको कार्यालय नजिक एक्सटेन्सन काउन्टर राख्न पनि वाईसीयलले माग गरेको सचिव टिकाबहादुर रानाले बताए । 'हामीले ज्ञापनपत्र बुझाएपछि उहाँले समाधान गर्ने आश्वासन दिनुभएको छ,' उनले भने, 'यदी जनताले दुःख दिने काम भयो भने हामीले थप कदम चाल्छौं ।'