पोखराको बालगृहमा झडप, ३ जना घाइते

पोखराको सराङकोटमा रहेको बालसुधार गृहमा झडप भएको छ। झडपमा परेर तीनजना घाइते भएका छन्।

पोखराको बालगृहमा झडप, ३ जना घाइते
पोखरा । पोखराको सराङकोटमा रहेको बालसुधार गृहमा झडप भएको छ। झडपमा परेर तीनजना घाइते भएका छन्। पोखरा महानगरपालिका-१८ सराङकोट ग्यारजतीमा रहेको बालसुधार गृहमा सोमबार राति खाना खाने लाइन बस्ने क्रममा विवाद हुँदा झडप भएको प्रहरी स्रोतले जानकारी दिएको छ । घाइते २ जनाको टाउको चोट लागेको छ। एक जना सामान्य घाइते भएका थिए। उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो। उपचारपश्चात्त घाइतेहरू डिस्चार्ज भएर बालगृहमै लगेको प्रहरीले जानकारी दिएको छ।