कांग्रेस महासमिति बैठक : मंगलबार चारवटा प्रतिवेदन पेस हुने

सोमबारदेखि सुरु भएको नेपाली कांग्रेसको महासमिति बैठकमा प्रतिवेदनहरु मंगलबार मात्रै पेस गरिने भएको छ ।

कांग्रेस महासमिति बैठक : मंगलबार चारवटा प्रतिवेदन पेस हुने
काठमाडौं । सोमबारदेखि सुरु भएको नेपाली कांग्रेसको महासमिति बैठकमा प्रतिवेदनहरु मंगलबार मात्रै पेस गरिने भएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा चारवटा प्रतिवेदन छलफलका लागि पेस हुने जानकारी दिए । पाँचवटा प्रस्तावमध्ये मंगलबार चारवटा प्रतिवेदन हुने भएको छ भने अर्को एकको मिति तोकिएको छैन । मंगलबार उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामायिक र अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेस गर्नेछन् । लेखा संयोजक श्याम घिमिरेको लेखा प्रतिवेदन पेस गरिने समयबारे यकिन भएको छैन ।