कांग्रेसको महासमिति बैठक सुरू

नेपाली कांग्रेसको महासमिति बैठक सुरू भएको छ ।

कांग्रेसको महासमिति बैठक सुरू
काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सुरू भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरू भएको बैठकको कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । नेताहरूले सम्बोधन गरेपछि बैठकमा उपसभापति तथा महामन्त्रीहरूले तयार पारेको दस्तावेजहरू पेश गर्ने कार्यसूची छ ।