जन्ती बोकेको जीप दुर्घटना अपडेट : यस्तो छ मृतक र घाइतेको नामावली

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जन्ती बोकेको जीप दुर्घटना अपडेट : यस्तो छ मृतक र घाइतेको नामावली
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । जिप अनिन्त्रित भई सडकदेखी अन्दाजी ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । जिपमा सवार यात्रुहरुमध्ये ७२ वर्षीय आसबिर गुरुङको घटनास्थलमा नै मृत्यु भएको र १७ वर्षीय तुलसी गुरुङको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । आबुखैरेनी अस्पताल आबुखैरेनी तनहुँमा उपचार भईरहेको घाइतेहरु : १. जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ प्युघर बस्ने बर्ष १५ की सुबिना गुरुङ । २. जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ६७ को मन ब.गुरुङ । ३. जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ३८ की सुकमाया गुरुङ । ४. जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ६ की एलिसा गुरुङ । ५. जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ छापश्वारा बस्ने बर्ष १९ की सबिता गुरुङ । ६. जिल्ला तनहुँ बन्दिपुर गाउँपालिका वडा नं. ३ सुखौरा बस्ने बर्ष १० को सिसिर गुरुङ । नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेका घाइतेहरु : १. जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं.१गिराउनचौर बस्ने बर्ष ३८ को राजकुमार बश्वकर्मा (चालक) २. जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ छापस्वारा बस्ने बर्ष ५६ को सोमलाल गुरुङ । ३. जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ प्युघरफाट बस्ने बर्ष ७० को भक्कुलाल गुरुङ । ४. जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ५६ को सेर ब.गुरुङ । ५. जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ छापश्वारा बस्ने बर्ष ३६ की आसमाया गुरुङ । ६. जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष १०की दीक्षा गुरुङ । ७. जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ५२ को सेते गुरुङ । ८. जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ छापश्वरा बस्ने बर्ष ३६ की चिजकुमारी गुरुङ । ९. जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. १० बस्ने निजको छोरा १८ महिनाको सुसान गुरुङ । १०. जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ छापस्वारा बस्ने बर्ष ३७ की सुनिता गुरुङ ।