त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम प्रधानमन्त्री तथा त्रिवि कुलपति समक्ष सिफारिस गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस
  काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम प्रधानमन्त्री तथा त्रिवि कुलपति समक्ष सिफारिस गरेको छ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री अशोक राई नेतृत्वको उपकुलपतिमा उल्लेखित नाम सिफारिस गरेको हो । समितिले टंकनाथ धमला, चित्रबहादुर बुढाथोकी र केशरजंग बरालको नाम सिफारिस गरेको हो । उपकुलपतिको लागि ४३ जनाले आवेदन दिएकोमा समितिले १४ जनाको नाम अल्प सूचीमा निकालेको थियो । समितिले सिफारिस गरेको तीन जना मध्येबाट एक जनालाई उपकुलपतिमा नियुक्ति गरिनेछ ।