तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ ।

तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रवार तोलामा ६ सय रुपैयाँले बढ्दै १ लाख १७ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप ५ सय रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला १ लाख १७ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रवार चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।