आजको मौसमः दुई प्रदेशमा हिमपातको सम्भावना

आज दिउँसो कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आजको मौसमः दुई प्रदेशमा हिमपातको सम्भावना
काठमाडौं । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहेको छ । तराईका केही स्थानमा बिहानै हल्का हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । महाशाखाका अनुसार राति कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको छ ।