सिन्धुलीमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु

सिन्धुलीको दुधौली नगरपालिकाको आँपडाडामा शुक्रबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना घाइते भएका छन् ।

सिन्धुलीमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु
काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिकाको आँपडाडामा शुक्रबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना घाइते भएका छन् । दुधौली नगरपालिकाका २३ वर्षिय बेचु कुमरको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । बेचुले चलाइरहेको मोटरसाइकललाई पछाडीबाट अर्को मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्कर दिने मोटरसाइकलका चालक स्थानीय ५५ वर्षिय हरि राउत घाइते भएका छन् ।