काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट सिमितिले सर्टलिष्टमा परेका उम्मेद्वारहरुको अन्तर्वार्ता आइतबार लिने भएको छ। समितिको बिहीबार बसेको बैठकले अन्तर्वार्ताको मिति तय गरेको हो।
सर्टलिष्टमा परेकालाई एकै दिनमा अन्तर्वार्ता लिइसक्ने निर्णय गरेको हो। विज्ञ र छनोट समितिको सदस्यसँगै बसेर अन्तर्वार्ता लिन लागेको हो। उपकुलपतिका प्रतिष्पर्धीलाई बढीमा आधा घण्टासम्म अन्तर्वार्ता लिने तयारी समितिको छ। अन्तरवार्ताको समय २० मिनेट हुने समिति सदस्य एवं शिक्षा सचिव सुरेश अधिकारी जानकारी दिए।
त्रिविको उपकुलपतिको प्रतिस्पर्धामा सहभागी ४३ जनाले दिएको आवेदन, सोच पत्र र कार्य योजना ३ जना विज्ञबाट परीक्षण गराएर पाएको औसत अंक मध्ये उत्कृष्ट १४ जनाको नाम सार्वजनिक गरिएको थियो। सर्टलिष्टमा परेकासँग बुधबारसम्म प्रस्तुति लिइएको थियो।
गत कात्तिक १६ मा तत्कालीन उपकुलपति प्राध्यापक धर्मकान्त बास्कोटाको कार्यकाल सकिएपछि सरकारले शिवलाल भुसाललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएको छ। उनी पनि उपकुलपतिको दौडमा छन्।
त्रिवि उपकुलपतिको अन्तरवार्ता आइतबार
त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट सिमितिले सर्टलिष्टमा परेका उम्मेद्वारहरुको अन्तर्वार्ता आइतबार लिने भएको छ।

