इस्लामाबाद । देशको अस्थिर खैबर पख्तुनख्वा प्रान्तमा रहेको प्रहरी चौकीमा विद्रोहीको आक्रमणमा कम्तीमा चार प्रहरी मारिनुका साथै केही घाइते भएका छन् ।
दक्षिणी वजिरिस्तान आदिवासी जिल्लाको सीमावर्ती लकी मारवाटको बरगाई प्रहरी चौकीमा विद्रोहीले हाते ग्रेनेड र रकेट लन्चरलगायत घातक हतियार बोकेका अतिवादीले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीको जबाफी कारबाहीपछि विद्रोहीहरु घटनास्थलबाट भागेका थिए ।
संदिग्धहरुको खोजी गर्न प्रहरी टोलीले सो क्षेत्रमा खोजी अभियान सुरु गरेको छ । खैबर पख्तुनख्वा प्रान्तका मुख्यमन्त्री महमुद खानले आक्रमणलाई कायरतापूर्ण कार्यको संज्ञा दिँदै प्रान्तीय प्रहरी प्रमुखसँग तत्काल रिपोर्ट मागेका छन्।
प्रहरी चौकीमा आक्रमण, चार प्रहरीको हत्या
देशको अस्थिर खैबर पख्तुनख्वा प्रान्तमा रहेको प्रहरी चौकीमा विद्रोहीको आक्रमणमा कम्तीमा चार प्रहरी मारिनुका साथै केही घाइते भएका छन् ।

