देशभरको मौसम बदली : यी ठाउँमा वर्षा हुने

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदलीको अवस्था रहने र सुदुरपश्चिम प्रदेशमा आंशिक बदलीको अवस्था रहनेछ।

देशभरको मौसम बदली : यी ठाउँमा वर्षा हुने
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यतिबेला (बुधबार बिहान) देशभर आंशिकदेखि साधारणतया मौसम बदलीको अवस्था छ। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदलीको अवस्था रहने र सुदुरपश्चिम प्रदेशमा आंशिक बदलीको अवस्था रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। आज देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। आज राति पनि कोशी, मधेस र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदलीको अवस्था रहने र बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राति कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।