पाल्पामा जिप दुर्घटना : सात जनाको मृत्यु, ८ घाइते

पाल्पाको तिनाउ गाउँपालिका -५ मस्यामको चिदिसमा मंगलबार भएको जिप दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।

पाल्पामा जिप दुर्घटना : सात जनाको मृत्यु, ८ घाइते
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका -५ मस्यामको चिदिसमा मंगलबार भएको जिप दुर्घटनामा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा आठजना घाइते भएका छन् । सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु.१ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीचमा दुर्घटनामा परेको हो । मृत्यु तथा घाइते हुनेहरु स्थानीय चिदिस गाउँका रहेको उद्धारमा खटिएका दिनेश घिमिरेले जानकारी दिए । घटनास्थलमा प्रहरी र स्थानीयले घाइतेहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको छ । मृतक र घाइतेको पहिचान खुलिसकेको छैन ।