माओवादी निर्णय : सांसदहरूको सपथग्रहणपछि मात्रै सरकार गठनबारे छलफल 

नेकपा माओवादी केन्द्रले नवनिर्वाचित सांसदको सपथग्रहण गरेर मात्र सरकार गठनलगायतका प्रक्रिया अघि बढाइनुपर्ने जनाएको छ ।

माओवादी निर्णय : सांसदहरूको सपथग्रहणपछि मात्रै सरकार गठनबारे छलफल 
काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले नवनिर्वाचित सांसदको सपथग्रहण गरेर मात्र सरकार गठनलगायतका प्रक्रिया अघि बढाइनुपर्ने जनाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले सांसदहरूको सपथग्रहण हुनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष पुप्पकमल दाहाल प्रचण्डले बताए । उता राष्ट्रपति विद्यादेवी भण्डारीले भने नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । राष्ट्रपतिले ७ दिनको समय दिएर आइतबार नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।