अझै २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि

यसअघिको सर्वेक्षणको तुलनामा यो सर्वेक्षणमा सर्वेक्षणको विधि समान भएपनि उपभोग्य वस्तुहरुको डालो (फुड वास्केट)मा व्यापक परिवर्तन गरिएकाले अहिलेको गरिबीको तथ्यांक अघिल्लो सर्वेक्षणको तथ्यांकसाग तुलना गर्न नमिल्ने कार्यालयले प्रस्ट्याएको छ ।

अझै २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि
काठमाडौं । नेपालको कुल जनसंख्याको २०.२७ प्रतिशत जनसंख्या अझै गरिबीको रेखामुनि रहेको तथ्यांकले देखाएको छ । यो नेपालको कुल जनसंख्याको करिब ५८ लाख हो । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौँथो (२०७९/८०) सर्वेक्षणले यस्तो तथ्य देखाएको हो। तेस्रो सर्वेक्षण प्रकाशित भएको करिब १२ वर्षपछि कार्यालयले चौँथो सर्वेक्षण सार्वजनिक गरेको हो । यसअघिको सर्वेक्षणको तुलनामा यो सर्वेक्षणमा सर्वेक्षणको विधि समान भएपनि उपभोग्य वस्तुहरुको डालो (फुड वास्केट)मा व्यापक परिवर्तन गरिएकाले अहिलेको गरिबीको तथ्यांक अघिल्लो सर्वेक्षणको तथ्यांकसाग तुलना गर्न नमिल्ने कार्यालयले प्रस्ट्याएको छ । ‘यस सर्वेक्षणमा गरिएको गरिबीको रेखा अद्यावधिक गरिएको कारणले अघिल्ला सर्वेक्षणहरुसाग प्रत्यक्ष रुपमा तुलना गर्न सकिदैन,’ राष्ट्रिय तथ्यांक कार्यालयले भनेको छ । सर्वेक्षणका अनुसार खाद्य गरिबीको रेखा ३५ हजार २९ रुपैयाा र गैरखाद्य गरिबीको रेखा ७२ हजार ९ सय ८ कायम हुन आएको छ । यसले ०७२ सालमा आएको महाभूकम्प र कोरोना जस्ता महामारी जस्ता कारणहरुबाट अपेक्षित रुपमा गरिबीको दर घट्न नसकेको सर्वेक्षणले देखाएको छ । ‘नयाँ गरिबीको रेखाअनुसार २०।२७ प्रतिशत जनसंख्या गरिबी रेखामुनि रहेको देखिन्छ,’ सर्वेक्षणमा भनिएको छ । गरिबीको दर शहरी क्षेत्रमा १८।३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४।६६ प्रतिशत रहेको देखिन्छ । प्रदेशगत रुपमा हेर्दा मधेश, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशमा गरिबीको दर राष्ट्रिय गरिबीको दरभन्दा बढी देखिएको छ । तर, गण्डकी, वाग्मती र कोशी प्रदेशमा गरिबीको दर राष्ट्रिय दरभन्दा कम रहेको सर्वेक्षणमा उल्लेख छ ।