सरकारले घटायो बजेटको आकार (पूर्णपाठसहित)

सरकारले बजेटको आकार घटाएको छ । सोमबार चालु आर्थिक वर्ष २०८०–८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटको आकार घटेको बताएका हुन् ।

सरकारले घटायो बजेटको आकार (पूर्णपाठसहित)
काठमाडौं । सरकारले बजेटको आकार घटाएको छ । सोमबार चालु आर्थिक वर्ष २०८०–८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटको आकार घटेको बताएका हुन् । उनले चालु आवमा ८७.३८ प्रतिशत मात्रै खर्च हुने बताए । चालु आवका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट ल्याएका अर्थमन्त्री महतले संशोधित अनुमान अनुसार १५ खर्ब ३० अर्ब २६ करोड मात्रै खर्च हुने बताएका हुन् । लक्ष्यअनुरुप आम्दानी हुने अवस्था नदेखिएको भन्दै बजेटको आकार घटाइएको हो । त्यस्तै चालुतर्फ कुल ८८.८४ प्रतिशत, पूँजीगततर्फ ८४.१३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ८७.३९ प्रतिशत खर्च हुनेगरी लक्ष्य निर्धारण गरिएको छ ।