क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य

नेपालविरुद्ध क्यानडाले २३३ रनको लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट मैदानमा सोमबार नेपालविरुद्ध जारी एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेलमा क्यानडाले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा २३२ रन बनाएको हो।

क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य
काठमाडौं । नेपालविरुद्ध क्यानडाले २३३ रनको लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट मैदानमा सोमबार नेपालविरुद्ध जारी एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेलमा क्यानडाले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा २३२ रन बनाएको हो। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाका लागि नभनीत धालीवालले सर्वाधिक ५० रन बनाए। त्यसैगरी निखिल दुत्तले ४५ रन र हर्ष ठाकरले २९ रन, श्रेयास मोभाले २५ बनाए। साद बिन जफरले ३१ रन बनाएर अविजित रहे। अन्यले दोहोरो अंक जोड्न सकेनन्। नेपालका लागि ओडिआईमा डेब्यु गरेका हेमन्त धामीले ३ विकेट, कुशल मल्लले २ विकेट, ललितनारायण राजवंशी र आकाश चन्दले १/१ विकेट लिए। नेपालले केहीबेरमा जवाफि ब्याटिङ गर्नेछ। क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपाललाई ‘क्लिन स्विप’ गर्ने मौका रहेको छ। नेपालले सिरिजको पहिलो खेलमा ७ रन र दोस्रो खेलमा ४ विकेटले जित हात पारेको थियो।