नेप्सेमा दोहोरो अंकको गिरावट

साताको कारोबारको पहिलो दिन आज नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ ।

नेप्सेमा दोहोरो अंकको गिरावट
काठमाडौं । साताको कारोबारको पहिलो दिन आज नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेप्से परिसूचक १० दशमलव ५० अंकले घटेर २०८५ दशमलव ८२ विन्दुमा पुगेको छ । आज ३०५ कम्पनीका ८३ हजार ८ सय ७७ पटकको कारोबारमा १ करोड ५७ लाख १ हजार १ सय ९९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ४ अर्ब ८५ करोड ६७ लाख ८ हजार ४ सय ७२ रुपैयाँ रहेको छ । त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ८९ अंकले घटेर ३७४ दशमलव ७५ विन्दुमा पुगेको छ ।