सिरहामा कटुवा पेस्तोलसहित १ जना पक्राउ

कटुवा पेस्तोलसहित सिरहाबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा औरही गाउँपालिका -४ कमलपुरका २० वर्षीय सरोजकुमार यादव छन् ।

सिरहामा कटुवा पेस्तोलसहित १ जना पक्राउ
सिरहा । कटुवा पेस्तोलसहित सिरहाबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा औरही गाउँपालिका -४ कमलपुरका २० वर्षीय सरोजकुमार यादव छन् । उनलाई शनिवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सिरहा नगरपालिका -७ बाट पक्राउ परेका यादवको साथबाट एक थान कटुवा पेस्तोल बरामद भएको छ । उनको उक्त स्थानमा डेरा गरी बस्ने औरही गाउँपालिका-३ का २२ वर्षीय संजितकुमार यादवसँग विवाद भएको थियो ।​​ उनीहरूबीचको विवादको खबरसँगै वडा प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले सरोजलाई पक्राउ गरेको हो । पछि तलासी गर्दा उनको साथबाट उक्त पेस्तोल बरामद भएको थियो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।