घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ ।

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रवार प्रतिताला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ लाख १८ हजार रुपैयाँमा झरेको हो । यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैयाँले नै घट्दै प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यता चाँदीको मूल्य भने गत शुक्रवारकै मूल्य कायम हुँदै १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।