अज्ञात समूहद्वारा बडिगाडको एक गोठमा आगजनी

शनिबार बिहान चार बजे अज्ञात समूहद्वारा स्थनीय ओमबहादुर घर्तीको दुई तले गोठमा आगलागी भएको हो । वडा सदस्य रेखिराम बुढाका अनुसार मान्छे नभएको अवस्थामा अज्ञात समूहले गोठमा आगलागी गरेका हुन् ।

अज्ञात समूहद्वारा बडिगाडको एक गोठमा आगजनी
बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ७ सल्लेखर्कस्थित एक गोठमा आगलागी भएको छ । शनिबार बिहान चार बजे अज्ञात समूहद्वारा स्थनीय ओमबहादुर घर्तीको दुई तले गोठमा आगलागी भएको हो । वडा सदस्य रेखिराम बुढाका अनुसार मान्छे नभएको अवस्थामा अज्ञात समूहले गोठमा आगजनी गरेका हुन् । 'दुई तले गोठमा अज्ञात समूहले बिहान आगजनी गरेको देखिन्छ,' वडा सदस्य बुढाले भने, 'आगलागीबाट दुईवटा गाई गम्भीर घाइते र एक गोरु जलेको अवस्था भेटिएको छ ।' गोठ जलेको विषयमा प्रहरीलाई जानकारी गराएको उनको भनाइ छ ।