एनआईसी एशिया बैंकका डेपुटी सिईओ सुधिर पाण्डेले दिए राजीनामा

पाण्डेले बुधबार राजीनामा दिएका हुन् । आउँदो आइतबार मात्र उनको राजीनामा स्विकृत हुने भएको छ । पछिल्लो समय एनआईसी एशिया बैंकका रणनीतिहरु असफल हुन थालेपछि बैंकको व्यवस्थापन माथि दबाव बढ्न थालेको थियो ।

एनआईसी एशिया बैंकका डेपुटी सिईओ सुधिर पाण्डेले दिए राजीनामा
काठमाडौं । एनआईसी एशिया बैंकका डेपुटी सिइओ सुधिर पाण्डेले राजीनामा गरेका छन् । पाण्डेले बुधबार राजीनामा दिएका हुन् । आउँदो आइतबार मात्र उनको राजीनामा स्विकृत हुने भएको छ । पछिल्लो समय एनआईसी एशिया बैंकका रणनीतिहरु असफल हुन थालेपछि बैंकको व्यवस्थापन माथि दबाव बढ्न थालेको थियो । बैंकले राष्ट्र बैंक र सञ्चालक समितिलाई झुक्याएर गलत वित्तीय प्रतिवदेन तयार गरेपछि व्यवस्थापन र संचालक समितिबीच विवाद बढेको छ । नेपाल राष्ट्र बैंकले पनि नियामकीय व्यवस्थाहरुमा चलखेल गरेको भन्दै एनआईसी एशिया बैंकलाई कारबाही गर्ने तयारी गरेको छ ।