हिमालयन रि-इन्स्योरेन्सद्वारा ४.२१ प्रतिशत लाभांश घोषणा

हिमालयन रि–इन्स्योरेन्सले बोनस शेयर वितरण गर्ने भएको छ । कम्पनीले ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

हिमालयन रि-इन्स्योरेन्सद्वारा ४.२१ प्रतिशत लाभांश घोषणा
काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सले बोनस शेयर वितरण गर्ने भएको छ । कम्पनीले ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको माघ २५ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी १० अर्ब रुपियाँको ४ प्रतिशतले हुन आउने ४० करोड रुपियाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै २ करोड १० लाख ५२ हजार रुपियाँको नगद लाभांश वितरण गरिनेछ । यो लाभांश नियामक बीमा प्राधिकरण र आगामी साधारणसभाबाट अनुमोदन भएपछि लगानीकर्ताले पाउनेछन् ।