आज माओवादी स्थायी कमिटीको बैठक बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । शुक्रबार र शनिबार बस्ने गरी माओवादी केन्द्रले बैठक तय गरेको हो ।

आज माओवादी स्थायी कमिटीको बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । शुक्रबार र शनिबार बस्ने गरी माओवादी केन्द्रले बैठक तय गरेको हो । बैठकमा मस्यौदा विधान २०८० माथि छलफल हुनेछ । माओवादीको विधान अनुसार केन्द्रीय कमिटीले अन्तिम रूप दिएपछि विधान पारित हुने व्यवस्था छ । नेताहरुका अनुसार दुई दिन स्थायी कमिटी बैठक बसेपछि फेरि आइतबार र सोमबार केन्द्रीय कमिटीको बैठक बस्ने छ ।