काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। दोस्रो कारोबार दिन सोमबारदेखि बढ्ने क्रममा रहेको नेप्सेले यसदिन पनि निरन्तरता पाएको हो। आज नेप्से ५.७४ अंकले बढेर २०९६.३८ विन्दुमा पुगेर बन्द भएको हो।
सेन्सेटिभ इण्डेक्स ०.१७ अंकले बढेर ३७८.६४ विन्दुमा अडिएको छ। आइतबार एकल अंकले घटेको नेप्से सोमबार १४ ,मंगलबार ९ र बुधबार ४.९२ अंकले बढेको थियो। नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम बुधबारको तुलनामा बढेको छ।
यसदिन ३१७ स्क्रिप्सको ९१ लाख ७१ ७१० कित्ता सेयर ३ अर्ब २१ करोड २२ लाख ८३ हजार ४५३ रुपैयाँमा खरिदबिक्री भए। बुधबार २ अर्ब ८४ करोड बराबर मूल्यको सेयर कारोबार भएको थियो। आज कारोबारमा आएका १५७ स्टकको मूल्य बढ्दा ८२ वटाको घट्यो भने ८ को स्थिर रह्यो।
सामान्य अंकले बढेको सेयर बजारमा दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। समाज लघुवित्ती वित्तीय र बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्रिशुली विद्युतको ९.८४ प्रतिशतले बढ्दा माया खोला हाइड्रोपावरको ७.७६ र स्वेत गंगा हाइड्रोपावरको सेयर ७.४९ प्रतिशतले बढ्यो।
यसदिन सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर ९.९७ प्रतिशतले घट्यो। १८ करोड बढी मूल्यको सेयर कारोबार गरी हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। यसैगरी चन्द्रागिरी हिल्सको ८ करोड ७६ लाख ,अपी पावरको ७ करोड ७५ लाख,नगदी ग्रुपको ७ लाख ३० लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको ६ लाख ९२ हजार मूल्यको सेयर कारोबार भयो।
सात उपसमूहको सूचक बढ्दा ६ वटाको सूचक नकारात्मक देखिए।
सेयर बजारमा ५.७४ अंकको वृद्धि , ३ अर्बको कारोबार
साताको अन्तिम सेयर कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ।

