‘सन्दीप चाहियो’ भन्दै त्रिवि मैदानमा हुटिङ, ७ जना प्रहरी नियन्त्रणमा

त्रिवि मैदानमा नेपाल र क्यानाडाबीच क्रिकेट म्याच भइरहँदा दर्शकले सन्दीप लामिछानेको नाममा हुटिङ गरेका छन् ।

‘सन्दीप चाहियो’ भन्दै त्रिवि मैदानमा हुटिङ, ७ जना प्रहरी नियन्त्रणमा
काठमाडौं। त्रिवि मैदानमा नेपाल र क्यानाडाबीच क्रिकेट म्याच भइरहँदा दर्शकले सन्दीप लामिछानेको नाममा हुटिङ गरेका छन् । हुटिङ गर्नेमध्ये ७ जनालाई प्रहरीले मैदानबाट निकालेको छ । ‘सन्दीप हाम्रो शान हुन्, हामीलाई सन्दीप चाहियो’ भन्दै दर्शक दिर्घाबाट हुटिङ भएपछि प्रहरीले हस्तक्षप गर्यो । दर्शकले बोकेका केही ब्यानर पनि प्रहरीले खोसेको छ । केहीबेर तनावको अवस्था सिर्जना भएको थियो । खेलाडीहरु पनि खेल्न छाडेर मैदान बाहिर हेरिरहेका थिए ।