बढ्यो सुनको मूल्य

सुनको मूल्य आज छ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको १ लाख १८ हजार ६ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बढ्यो सुनको मूल्य
काठमाडौं । सुनको मूल्य आज छ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको १ लाख १८ हजार ६ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने आज घटबढ भएको छैन । आज चाँदीको भाउ तोलाको १३ सय ७५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।