बाँसबारी जग्गा प्रकरण : छुटे व्यवसायी अरुण चौधरीसहित तीनजना

यही माघ १८ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चौधरीसहित कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुर पक्राउ परेका थिए ।

बाँसबारी जग्गा प्रकरण : छुटे व्यवसायी अरुण चौधरीसहित तीनजना
काठमाडौं । व्यवसायी अरुण चौधरीसहित तीनैजना रिहा भएका छन् । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित आज तीनैजना रिहा भएको सीआईबी प्रवक्ता इन्सपेक्टर नवराज अधिकारीले जानकारी दिए । यही माघ १८ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चौधरीसहित कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुर पक्राउ परेका थिए । अदालतको आदेशअनुसार हाजिरी जमानीमा उनीहरूलाई सीआईबीले छाडेको हो ।