नेशनल लघुवित्तले घोषणा गर्‍यो लाभांश

नेशनल लघुवित्तले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।

नेशनल लघुवित्तले घोषणा गर्‍यो लाभांश
काठमाडौं । नेशनल लघुवित्तले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८ करोड ४२ लाख रूपैयाँ छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो। गत वर्ष भने कम्पनीले १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।