बढ्यो अमेरिकी डलरको भाउ

नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

बढ्यो अमेरिकी डलरको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६० पैसा र बिक्री दर १३३ रुपैयाँ २० पैसा रहेको छ । आज युरो एकको खरिद दर १४२ रुपैयाँ ६२ पैसा र बिक्री दर १४३ रुपैयाँ २७ पैसा रहेको छ। यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ९२ पैसा र बिक्री दर १६७ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।